मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

चितवन आइपुग्दा घट्यो बाढी, देवघाटमा खतराको तहभन्दा तलै

  • प्रकाशित मिति : आइतवार, भदौ १४, २०८३



  • (260827) -- NUWAKOT, Aug. 27, 2026 (Xinhua) -- People conduct rescue work after a massive flash flood in Nuwakot, Nepal, on Aug. 27, 2026. Nepal's National Disaster Risk Reduction Management Authority said that as many as 359 bodies had been recovered from flood-hit areas by Thursday evening, with 910 people still missing. (Photo by Sulav Shrestha/Xinhua)

    काठमाडौँ । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव अहिले चितवन आइपुग्दा घटेको छ। त्रिशूली नदीको बाढी पार भएर आज बिहान ठीक ७:०० बजे मुग्लिन क्षेत्र काटेको थियो।

    बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सचित कर्माचार्यले दिएको जानकारीअनुसार त्रिशूली नदीमा पानीको बहाव बाढी आउनुअघिको सामान्य अवस्थाभन्दा तीनदेखि तीन दशमलव पाँच मिटरले बढेको छ।

    आज आएको यो बाढी तल गएर नारायणी नदीमा मिसिएपछि त्यसको बहाव दुईदेखि दुई दशमलव पाँच मिटरले बढ्न सक्ने उनको अनुमान रहेको छ। नारायणी नदीको देवघाटस्थित मापन केन्द्रमा यसअघि बाढी आउनुपूर्व पानीको बहाव छ मिटर रहेको थियो र सो स्थानमा पानीको सतह नौ मिटर पुगेपछि मात्र खतरोन्मुख हुने भएकाले हाललाई आत्तिहाल्नुपर्ने कुनै पनि अवस्था नरहेको उनले प्रष्ट पारेका छन्। यद्यपि, पूर्वको तुलनामा नदीमा पानीको सतह केही बढेर आउने भएकाले नदी तटीय क्षेत्रका सम्पूर्ण बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन उनले विशेष आग्रह गरेका छन्।

    यसैबीच, पृथ्वीराजमार्गको कृष्णभीर क्षेत्रमा सडकको केही भाग भासिएपछि सो राजमार्गमा पूर्ण रूपमा यातायात अवरुद्ध भएको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिएका छन्। सडक भासिएको कारण चितवनतर्फबाट पृथ्वीराजमार्ग हुँदै अन्यत्र गुड्ने सवारीसाधनहरूलाई सम्भावित दुर्घटनाबाट जोगाउन विभिन्न सुरक्षित स्थानहरूमा रोकिएको उनले जानकारी गराएका छन्।

    यसअघि भोटेकोशी नदीमा पुनः बाढी आएको खबर फैलिएसँगै आज बिहान ४:०० बजेदेखि सुरक्षाका कारण रोकिएको सडक बिहान ७:०० बजे केही समयका लागि खुले पनि कृष्णभीरमा सडक भासिएका कारण अहिले पुनः सवारीसाधनहरूको आवागमनमा पूर्ण रोक लगाइएको प्रहरी नायब उपरीक्षक भट्टले बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.