मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

तीन सहसचिव बढुवाका लागि सिफारिस, पहिलो नम्बरका नेपालको आजै सेवाको अन्तिम दिन

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०८३



  • काठमाडौँ । नेपाल सरकारको रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। सचिव बढुवा सिफारिस समितिले श्रीकृष्ण नेपाल, नारायण प्रसाद भट्ट र विनोदबहादुर कुँवरलाई क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो।

    पछिल्लो सिफारिसमा पहिलो नम्बरमा रहेका नेपालका लागि भने आजको दिन निर्णायक बनेको छ। उमेर हदका कारण आज उनको निजामती सेवाको अन्तिम दिन हो। निजामती सेवामा ५८ वर्षे उमेर हद लागू हुने भएकाले उनी भोलिदेखि अनिवार्य अवकाशमा जानेछन्।

    नेपाललाई सचिवमा बढुवा गर्ने हो भने मन्त्रिपरिषद्ले आजै निर्णय गर्नुपर्ने अवस्था छ। तर आज मन्त्रिपरिषद् बैठक बस्ने वा नबस्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन। त्यसमाथि पछिल्लो विपद्पछि सरकारका मन्त्रीहरू उद्धार, राहत तथा विपद् व्यवस्थापनसम्बन्धी काममा विभिन्न स्थानमा खटिएकाले मन्त्रिपरिषद् बैठक बस्ने विषय थप अनिश्चित बनेको छ।

    आजै मन्त्रिपरिषद् बसेर नेपाललाई बढुवा गर्ने निर्णय भए उनी सचिव बन्नेछन्, तर उमेर हदका कारण उनको सचिवको सेवा अवधि केही घण्टामै सीमित हुनेछ। आज निर्णय हुन नसके उनी भोलिदेखि अनिवार्य अवकाशमा जाने भएकाले त्यसपछिको बढुवा प्रक्रिया बाँकी उम्मेदवारतर्फ अघि बढ्ने अवस्था बन्नेछ।

    गत २८ साउनमा रोकिएको सचिव बढुवा प्रक्रिया पुन: अघि बढ्दा कमलप्रसाद भट्टराई पहिलो, इन्दु घिमिरे दोस्रो र श्रीकृष्ण नेपाल तेस्रो नम्बरमा सिफारिस भएका थिए।

     

    सरकारले त्यसपछि भट्टराईलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको थियो। भट्टराईको बढुवापछि रिक्त सचिव पदका लागि भएको अर्को सिफारिसमा इन्दु घिमिरे पहिलो, नेपाल दोस्रो र नारायणप्रसाद भट्ट तेस्रो नम्बरमा परेका थिए।

    गत १२ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयमा पदस्थापन गरेको थियो। त्यसपछि वरिष्ठताको क्रममा नेपाल पहिलो नम्बरमा उक्लिएका हुन्।

    बढुवा भए पनि केही घण्टामै अवकाश
    मन्त्रिपरिषद् आजै बस्यो र नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गर्‍यो भने उनी विशिष्ट श्रेणीमा पुग्नेछन्। तर ५८ वर्षे उमेर हदका कारण भोलिदेखि अनिवार्य अवकाशमा जाने भएकाले सचिवका रूपमा उनको कार्यकाल केही घण्टामा मात्रै सीमित हुनेछ। उनको अवधि आज राती १२ बजेसम्म मात्र रहने छ ।

    विगतमा अवकाशको मुखमा पुगेका केही उच्च अधिकारीलाई छोटो अवधिका लागि बढुवा गरिएका दृष्टान्त छन्। तर पछिल्लो समय सरकारले यस्तो प्रकृतिको निर्णय गर्ने सम्भावना न्यून रहेको आकलन धेरैको छ।

    वरिष्ठताका आधारमा नेपाल पहिलो नम्बरमा सिफारिस भए पनि आज मन्त्रिपरिषद् बैठक नबसे, बढुवाबारे निर्णय नभए वा सेवा अवधि छोटो रहेको अवस्थालाई समेत विचार गर्दै सिफारिसमा रहेका अन्य दुईमध्ये एक जनालाई बढुवा गर्ने निर्णय भए परिस्थिति फरक हुनेछ। नेपाल अनिवार्य अवकाशमा गएपछि भने बाँकी उम्मेदवार र त्यसपछिको कानुनी तथा प्रक्रियागत अवस्थाअनुसार सचिव बढुवाको प्रक्रिया अघि बढ्नेछ।

    यसर्थ, नेपाल सचिव बन्ने वा सहसचिवबाटै अनिवार्य अवकाशमा जाने भन्ने विषय आज मन्त्रिपरिषद् बस्छ कि बस्दैन र बसेमा सचिव बढुवाको प्रस्तावमाथि के निर्णय हुन्छ भन्नेमा निर्भर देखिएको छ।

    रोकिएर खुलेको बढुवा प्रक्रिया
    पछिल्लो समय मन्त्रालयको संख्या घटाउने, मन्त्रालयहरू गाभ्ने तथा सचिवसहित उच्च तहका दरबन्दी पुनरावलोकन गर्ने विषय अघि बढेसँगै सचिव बढुवा प्रक्रिया केही समय प्रभावित भएको थियो।

    गत साउन अन्तिम साताबाट प्रक्रिया पुन: अघि बढेपछि कमलप्रसाद भट्टराई र इन्दु घिमिरे सचिवमा बढुवा भइसकेका छन्। त्यसपछि रिक्त पदमा पदपूर्तिका लागि बढुवा सिफारिस प्रक्रिया क्रमश: अघि बढिरहेको छ।

    अब पछिल्लो सिफारिसबाट सचिवमा को पुग्छ भन्ने निर्णय मन्त्रिपरिषद्को हातमा छ। पहिलो नम्बरमा सिफारिस भएका नेपालको आजै सेवाको अन्तिम दिन हुनु र आजै मन्त्रिपरिषद् बैठक बस्ने वा नबस्ने टुंगो नहुनुले पछिल्लो सचिव बढुवा सिफारिसलाई थप चासोपूर्ण बनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.