मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

अमेरिकामा आँधी र बाढीले लियो १४ को ज्यान

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • एजेन्सी

    बैशाख १८ – अमेरिकाको साउथ र वेस्ट इलाकामा आएको आँधी र बाढीले १४ को ज्यान गएको छ । उद्धार समूहले थुपै स्थानमा घर–घर पुगेर रेस्क्यु अपरेशन चलायो ।

    – आइतबार आएको आँधीले इस्ट टेक्सासका थुप्रै साना इलाका ध्वस्त पार्यो । यहाँ चारको मृत्यु भयो । यस्तै, अरकंसासमा तीब्र आँधीका कारण तीनको मृृत्यु भएको छ । अधिकारीका अनुसार दुई जना बेपत्ता छन् ।

    – यसका साथै, मिसिसिपि र मिसौरीको स्थिती अत्यन्त नाजुक छ । बाढीका कारण यहाँका स्थानीयले ठूलो समस्या झल्नुपरेको छ । वेस्टर्न कन्सासको इन्टरस्टेट हाइवेलाई बन्द गरिएको छ । यहाँ तीन÷चार इन्चको बर्फबारी पनि भयो ।

    – यस्तै अरकंसासमा रेस्क्यु अपरेशनमा काम गर्ने क्रममा एक फायर ब्रिगेड भोलुन्टियरको मृत्यु भयो ।

    – नेशविल पुलिस डिपार्टमेन्टले ट्वीटरमा टेनेसीमा फुटबल गोलपोष्टको खम्बा खसेका कारण एक वर्षीया बालिकको मृत्यु भएको जानकारी दिएको छ ।

    – बाढीमा फसेका मानिसलाई निकाल्नका लागि सुरक्षाकर्मी तिब्र रुपमा रेस्क्यु अपरेशन चलाइरहेका छन् । नर्थवेस्ट अरकंसासमा एक १८ महिने बालिका र ४ वर्षे बालकलाई बाढीबाट निकालिएको छ ।

    – साथै, पानीमा बगिरहेका १० वर्षका एक बच्चालाई पनि बचाइएको छ । अरकंसासको डेविटमा घरमा रुख ढल्दा ६५ वर्षीया वृद्धाको मृत्यु भयो ।

    – सुरक्षाकर्मी घर–घर पुगेर स्थितीलाई नियन्त्रण गर्न खोजिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij