प्रकाशित मिति : आइतवार, बैशाख २४, २०७४
भक्तपुर । आफ्नै फुपुको छोराले खुकुरी प्रहार गर्दा भक्तपुरको कौशलटार बस्ने सौरभ सुवेदीको मृत्यु भएको छ ।
आईतबार विहान पोखरा स्थायी घर भएका फुपुको छोरा पारस कोईरालाले सौरभलाई खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत ठीमीका डिएसपी श्यामवावु ओलियाले जानकारी दिए ।
झापा स्थायी घर भएका ३२ बर्षिय सुवेदी कौशलटार बस्दै आएका थिए । पारसको खुकुरी प्रहार पछि गम्भिर घाईते भएका सुवेदीलाई ग्वार्को स्थित वि एण्ड वि अस्पताल लैजने क्रममा मृत्यु भएको बताइएको छ ।
मामाको छोरालाई खुकुरी प्रहार गरेर फरार भएका पारसको खोजी भइरहेको डिएसपी ओलियाले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij