मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

उत्तर कोरियाका सहयोगी मुलुकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३१, २०७४



  • अमेरिकाले उत्तर कोरियाका सहयोगी मुलुकमाथि पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

    लामो समयदेखि उत्तर कोरियामाथि प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले उत्तर कोरियासँग गैरकानूनी रुपमा व्यापार गर्दै आएका मुलुकमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

    अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनका अनुसार चाँडै नै ह्वाइट हाउसले यसबारे औपचारिक निर्णय लिनेछ ।

    ट्रम्प प्रशासनले उत्तर कोरियामाथि परमाणु तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रम रोक्न दबाब बढाउँदै आएको छ । उत्तर कोरियाले पछिल्लो समय त्यस्ता परीक्षणलाई तीव्रता दिएको छ । उसको क्षेप्यास्त्र तथा परमाणु परीक्षण अन्तर्राष्ट्रिय जगतकै लागि खतरा बन्दै गएको अमेरिकाको भनाइ छ ।

    संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि यसअघि नै क्षेप्यास्त्र परीक्षणमा रोक लगाइएको छ । तर उत्तर कोरियाले तमाम प्रतिबन्धको बेवास्ता गर्दै आफ्ना कार्यक्रम जारी राखेको छ ।

    अमेरिकी विदेशमन्त्री टिलरसनले सिनेटको विदेश मामला सम्बन्धी समितिको बैठकमा भने, ‘हामी यस्तो परिस्थितिमा छौं, जहाँ अब अर्को चरणमा कोसिस गर्नुपर्ने छ । हामीले जुन देशहरुलाई सूचना उपलब्ध गराएका थियौं, उनीहरुले ती सूचना अनुसार उत्तर कोरियासँगको सम्बन्धमा दुरी बनाउन चाहेनन् वा त्यस्तो निर्णय गर्न सक्दैनन् । यसैले दोहोरो स्तरको प्रतिबन्ध लगाउने काम सुरु गर्नुपर्ने भएको छ ।’

    तर उनले उत्तर कोरियाका ती सहयोगी मुलुकको नाम भने लिएनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij