शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

श्रीमती हत्याको अभियोगमा श्रीमान् र सासू पक्राउ

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • पर्सा । श्रीमती हत्याको अभियोगमा पर्सा प्रहरीले श्रीमान् र सासूलाई पक्राउ गरेको छ ।

    पर्साको भेडियाही–९ गदियानी टोल निवासी रमावती देवीको हत्याको अभियोगमा उनका श्रीमान् परमा मण्डल र सासू गदनीदेवी मण्डललाई पक्राउ गरेको हो ।

    बीस वर्षीया श्रीमती रमावती देवीको शव घर नजिकै रहेको नागेश्वर साह तेलीको खेतमा गाडेको अवस्थामा शुक्रबार साँझ बरामद भएपछि श्रीमान् मण्डल र सासू गदनी देवीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।

    रमावती देवीको हत्या गरी ससुराली पक्ष फरार भएको प्रहरीलाई सूचना प्राप्त भएपछि प्राप्त सूचनाका आधारमा तेलीको खेतमा गाडिएको शव खनी बरामद गरेपछि भारतीय गाउँ सेनवरीमा लुकी बसेका श्रीमान् र सासूलाई स्थानीयवासीको सहयोगमा शुक्रबार पक्राउ गरी ल्याइएको डिएसपी बोगटीले बताउनुभयो ।

    रमावती देवीको शव वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षण गराइएको प्रहरीले बताएको छ ।

    रमावती देवीलाई विष सेवन गराई हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेको श्रीमान् र सासूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij