मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

अमेरिकाको ९० प्रतिशत जनसंख्या उत्तर कोरियाको निशानामा !

  • प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०७४



  • वासिंटन, कात्तिक ८ । अमेरिकाविरुद्ध युद्धका लागि विभिन्न मोर्चामा तयारी गरिरहेको उत्तर कोरियाले अमेरिकाको ९० प्रतिशत जनसंख्यालाई घातक निशाना बनाउन सक्ने अमेरिकी पूर्वअधिकारीले जनाएका छन् ।

    अमेरिकी गुप्तचर एजेन्सी ‘सीआइए’ का पूर्व परमाणु रणनीतिकारले यस्तो आशंका व्यक्त गरेका हुन् । अमेरिकासँग मिसाइल प्रतिरोधी क्षमता भए पनि उत्तर कोरियाले कुनै मिसाइल प्रयोग नै नगरी अमेरिकालाई तहसनहस बनाउन सक्ने क्षमता विकास गरेको पनि उनको भनाइ छ ।

    सीआइएका पूर्वनिर्देशक जेम्स वुल्सीका अनुसार उत्तर कोरियाले अमेरिकाको इलेक्ट्रिक ग्रिड र अन्य आधारभूत संरचनालाई वर्ष दिनसम्म निस्क्रिय तुल्याउन सक्छ । यसबाट भोकमरी, बिमारीजस्ता समस्या उत्पन्न भई प्रत्येक १० जनामध्ये ९ अमेरिकीले मृत्युवरण गर्न सक्छन् ।

    अमेरिकी रक्षा विशेषज्ञहरुका अनुसार उत्तर कोरियाले अमेरिकामाथि इलेक्ट्रोनिक म्यागनेटिक पल्स (इएमपी)बाट हमला गर्न सक्ने छ । यो प्रविधिबाट अमेरिकाको साइबर क्षेत्र तहस नहस हुने र पुरै अमेरिका अन्धकारमा डुब्ने खतरा पनि उनीहरुले औंल्याएका छन् ।

    अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा नेशनल इएमपी टास्क फोर्सका कार्यकारी निर्देशक डा. पिटर विनसेन्ट प्राइका अनुसार उत्तर कोरियाले आफ्ना उपग्रहलाई नै हतियार बनाउन सक्छ । उत्तर कोरियाले आफ्ना उपग्रहलाई नै परमाणु मिसाइलमा रुपान्तरण गर्ने क्षमता हासिल गरिरहेको उनले बताए ।

    उत्तर कोरियाका दुई उपग्रहले अन्तरिक्षबाट अमेरिकामाथि कडा निगरानी गरिरहेको अमेरिकी रक्षा विशेषज्ञ बताउँछन् । यी दुबै उपग्रहले डेढ घण्टाको अवधि मै पृथ्वी परिक्रमा गर्ने क्षमता राख्छन् ।

    यस अतिरिक्त उत्तर कोरियासँग रहेका एटम बम पनि अमेरिकाका लागि ठूलो चुनौती बनेको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हालै उत्तर कोरियासँग २५३ एटम बम रहेको आंकलन गरेका छन् । यद्यपि, उत्तर कोरियासँग कति र कस्ता हतियार छन् भन्ने यकिन विवरण आउने गरेको छैन ।

    यो तथ्यांकलाई आधार मान्ने हो भने रुस र अमेरिकापछि तेस्रो सर्वाधिक परमाणु हतियार सम्पन्न मुलुकमा उत्तर कोरिया पर्दछ ।

    यस अतिरिक्त उत्तर कोरियाली ह्याकर पनि अमेरिकालाई निशाना बनाएर विभिन्न मुलुकमा प्रवेश गरेको बताइन्छ । खासगरी भारत र चीनमा उत्तर कोरियाली ह्याकर प्रवेश गरिसकेको अमेरिकी गुप्तचर एजेन्सीको भनाइ छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij