मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

फिलिपिन्समा नेपाली चित्रकला प्रदर्शनी, उल्लेखनीय सहभागीता

  • प्रकाशित मिति : बिहिबार, पुस १३, २०७४



  • मनिला, पुस १३ । फिलिपिन्सको दगुपान पाङ्गासिनानस्थित मंगलदान नेशनल हाई स्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुनेको संख्या उल्लेखनीय रहेको छ ।

    ललितपुरको सौगलमा स्थापित योङ पिकासो संस्थाद्वारा आयोजित प्रदर्शनीमा सहभागी हुन विद्यार्थी, चित्रकार, स्थानीयलगायत सरोकारवालाको सहभागीता रहेको आयोजकले जनाएका छन् । उक्त प्रदर्शनीमा नेपालको पर्यटनलाई झल्काउने किसिमका चित्र, कला, संस्कृति, परम्परा, धर्म, जातीय वेषभूषालगायत झल्कने खालको चित्र राखिएको संस्थाका प्रबन्ध निर्देशक एवं चित्रकार अजय देशारले बताए ।

    प्रदर्शनीका लागि उक्त संस्थाको प्रतिनिधित्व गर्दै अजय देशार र चित्रकार किशोर नकर्मी फिलिपिन्स आएको उनले बताए ।

    मंगलबारदेखि शुरु भएको प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने उनले जानकारी दिए । एकल चित्रकला प्रदर्शनीअन्तर्गत अजय देशार, किशोर नकर्मी, विपना महर्जन र सितु मास्केद्वारा सिर्जना गरिएका चित्र राखिएको थियो ।

    विसं २०५५ देखि निरन्तर कला क्षेत्रमा लाग्नुभएका देशारद्वारा सिर्जित चित्रले राजधानीमा रहेको पर्व एवं जात्राका बारेमा दर्शाउन खोजेको पाइन्छ । कला क्षेत्रमा क्रियाशील मास्केद्वारा सिर्जित चित्रले नेपालका विकट क्षेत्रमा अवस्थित गुम्बाका बारेमा केही सन्देश दिन खोजेको आभास पाइन्छ ।

    विसं २०६० देखि कला क्षेत्रमा क्रियाशील नकर्मीद्वारा सिर्जना गरिएका चित्रले बुद्धका सन्देशलाई बाहिर ल्याउन खोजेको देखिन्छ । एक्रीलिक रंगद्वारा सिर्जित उक्त चित्रले बुद्धको महिमालाई विश्वसामु परिचित गराउन थप मद्दत पुग्न सक्ने विश्वास नकर्मीको छ । उनका अनुसार अन्तर्राष्ट्रियरुपमा थालनी गरिएको प्रदर्शनीको मुख्य ध्येय भनेकै राष्ट्रको पहिचानलाई यस क्षेत्रमा चिनाउनु हो ।

    यस्तै, प्रिन्ट चित्रमा दक्षता हासिल गर्नुभएका महर्जनद्वारा सिर्जित चित्रले नेपालमा मानिँदै आएको कलासंस्कृतिलाई झल्काउने प्रयास गरेको देखिन्छ । चित्रकार जेनी क्युलोपका अनुसार प्रदर्शनीमा राखिएका हरेक चित्रले नेपालमा परम्परागत रुपमा मान्दै आएको संस्कृतिलाई जोगाउन तथा मौलिक पहिचानलाई मूर्तरुप प्रदान गर्न सक्षम रहन सक्ने विश्वास रहेको छ । चित्रद्वारा नै समाजका हरेक गतिविधिलाई बाहिर उजागर गर्न सकिने उनको भनाइ छ ।

    प्रदर्शनीमा माछापुच्छ्रे हिमाल, चैत्यहरु, मठमन्दिर, बुद्धका मुहार अंकित चित्र, विभिन्न प्रकारका पक्षी, परम्परागत गाउँघरलाई चिनाउने किसिमका चित्र तथा साधु, खोलानाला लगायतका चित्रले अधिक प्राथमिकता पाएको छ ।

    मिक्समिडिया, उडकट (काष्ठ) बाट तयार पारिएका, इचिङ, लिथोग्राफीलगायतका चित्र समेत प्रदर्शनीमा राखिएका थिए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij