आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जिल्ला प्रहरी कार्यालय दाङले चलायो “सामाजिक अपराध विरुद्ध बिशेष कार्वाही”

  • प्रकाशित मिति : सोमवार, साउन १७, २०७३



  • दाङ । “सामाजिक अपराध विरुद्ध बिशेष प्रहरी कार्वाही” अन्तरगत जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको बिशेष प्रहरी टोलीले १६ गते दाङको त्रिपुर नगरपालीका वडा नं.४ बाट जुवाडेहरुलाई पक्राउ गरेको छ ।

    बिना खड्काको घरमा तास खेलीरहेका त्रिपुर नगरपालीकामा बस्ने राजु चौधरी, गणेश गुरुङ, डिल्ली वली र शेर बहादुर घर्तिलाई जुवाखालबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जुवाखालबाट १ गड्डि तास,  उनान्तिस हजार आठ सय बिस नगद र १ थान कम्बल बरामद गरेको छ ।

    जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । त्यस्तै “फरार अभियुक्त प्रकाउ बिशेष प्रहरी कार्वाही” अन्तरत दाङ देउखुरी जिल्ला अदालत घोराही दाङबाट वन मुद्धामा ५ महिना ८ दिन कैद सजाय र रु उनानब्बे हजार छ सय पचास जरिवाना तोकिएको दाङ गढवा गा।वि।स।वडा नं। १ बस्ने सुरेश चौधरीलाई विशेष प्रहरी टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला वन कार्यालय घोराही दाङमा पठाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij