मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

नुनमा कालाेबजारी गर्ने दुईजना पक्राउ

  • प्रकाशित मिति : शनिबार, कार्तिक २७, २०७३



  • नुनको अभाव भइरहेको अफवाह फैलिएपछि महङ्गोमा बिक्री गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपालगन्ज–१४ असलम खाँ र नबिअहमद राईलाई पक्रा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बीरबहादुर थापाले बताए । उनीहरुले रिक्सामा राखेर १८ रुपैयाँ पकेट पर्ने नुनलाई ३० रुपैयाँमा बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुसँग रहेको ५१ पकेट नुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

    नुन अभाव हुने भन्दै हल्ला फैलिएपछि नेपालगन्जवासीहरु नुन किन्न होडबाजी गरेका थिए । नुनको कालोबजारी बढेपछि स्थानीय प्रशानसनले सादा पोशाकमा प्रहरी तैनाथ गरेको छ । भारतमा नुन तस्करी हुनसक्ने भन्दै सुरक्षा सर्तकता बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलला पन्थले बताए ।

    नेपालगन्जस्थित साल्ट ट्ेरडिङ कम्पनी लिमिटेडका प्रमुख मनोज चौधरीले नुन अभाव नरहेको बताएका छन् । कम्पनीसँग हाल ६ हजार मेट्रिक टन नुन स्टक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij