प्रकाशित मिति : मङ्लबार, माघ ४, २०७३
बर्षात ओली , दाङ । दाङमा सवारी ज्यान मुद्धामा कैद तोकिएका फरार व्यक्ति पक्राउ परेका छन । हेकुली गा.वि.स. वडा नं.९ बस्ने सत्यनारायण चौधरीको छोरा तिर्थ चौधरीलाई प्रहरीले हिरासतमा लिएको हो । चौधरीलाई सवारी ज्यान मुद्धामा २ महिना १७ दिन कैद तोकिएको थियो ।
२ बर्ष देखी भागी फरार रहेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयको बिशेष टोलिले खोजतलास गर्ने क्रममा हेकुली ९ आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । तोकिएको कैद असुल उपरको लागि चौधरीलाई सम्मानित दाङ देउखुरी जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एस. पि. धीरज प्रताप सिंहले बताउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij