आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमालेका नेता द्वारा महिलाको अस्तित्व लूट ….

  • प्रकाशित मिति : शनिबार, बैशाख २३, २०७४



  • दीपक श्रेष्ठ , काठमाडौँ २३ वैशाख। नेकपा एमालेका नेता शेरधन राईले भेट्न बोलाएर एक महिलालाई प्रहरीको जिम्मा लगाएका छन् । फोनमा छलफल गर्ने भनि बोलाएर नेता राईले कुरै नगरी प्रहरीको जिम्मा लगाएको पीडित महिलाले बताएकी छिन् ।
    पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नेता रार्इकाे घरबाट शुक्रबार दिउँसाे ती महिलालार्इ बुढानिलकण्ठ प्रहरी बिटले पक्राउ गरेको हो ।
    बुढानिलकण्ठ प्रहरी बिटले नेता राईको घरमा गएर झगडा गरेको भन्ने सूचनाका अधारमा ती महिलाई पक्राउ गरेको जानकारी दिएको छ ।
    तर, आफूलाई नेता राईको प्रेमिका रहेको बताउने ती महिलाले फोनबाट अनुमती लिएर भेट्न गएको बताएकी छिन् ।
    ‘उहाँलाई फोन गरेर छलफल गर्न भनेर गएको हो,’ उनीले भनिन्, ‘प्रहरी बोलाएर राख्नु भएको रहेछ उहाँले, घरको गेटमा मलाई देख्ने वित्तिकै प्रहरीलाई बोलाएर पक्रन आदेश दिनु भयो ।’केही समय पहिला नेता राईले आफूमाथि अत्याचार गरेको भन्दै एक अनलाइन मिडियामा उनले खुल्ला पत्रसमेत लेखेकी थिइन् ।
    उनले खुल्ला पत्रबाट नेता राईसँग आफ्नो प्रेमसम्बन्ध सम्बन्ध रहेको दाबी गर्दै राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीससमेत महिला रहेको अवस्थामा आफूमाथि भएको हिंसाको सुनुवाइन नभएको बताएकी थिइन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij