मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

यूएईमा दुई नेपाली युवाको निर्मम हत्या ! अनुहारमै धारिलो हतियार प्रहार

  • प्रकाशित मिति : बिहिबार, साउन २९, २०७७



  • काठमाडौं। यूएईमा दुई नेपाली युवाको निर्मम हत्या भएको छ । यूएईको शारजाह शहरमा ती दुई नेपालीको शव हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । झगडा र विवाद हिंस्रक भएपछि उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको गल्फ न्यूजले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ ।

    झगडा हिंस्रक भएर उनीहरुमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिए पनि प्रहरीले नियतवश योजनाबद्ध हत्या भएको हुनसक्ने कुरालाई समेत अस्वीकार गरिसकेको छैन । प्रहरीले मृतकहरुको पूरा पहिचान खुलाएको छैन । प्रहरीले उनीहरुको संक्षिप्त नाममात्र सार्वजनिक गरेको छ जसमा मृतकहरु २६ वर्षका के.जे. र ३७ वर्षका एम.आर. दुवै नेपाली नागरिक भएको जनाइएको छ ।

    उनीहरुको शव शारकान आवासीय क्षेत्रमा फेला परेको थियो । उनीहरुको अनुहार, घाँटी, छाती र पेटमा धारिलो हतियारको घाउ पाइएको छ । हत्याको पछाडिको उद्देश्य अहिलेसम्म स्थापित गर्न सकिएको छैन । प्रहरीले मृत्युको कारण यकिन गर्न शवलाई फरेन्सिक ल्याबमा अटोप्सीका लागि पठाएको छ ।

    प्रहरीका अनुसार अगष्ट ८ का दिन बेलुकी ७ बजेतिर शवबारे जानकारी दिन फोन आएको थियो । प्रहरी आउँदा शवलाई घेरेर ठूलो भिड उभिएको थियो । प्रहरीका अनुसार उनीहरुलाई धारिलो हतियार प्रहार गरेर मारिएको छ र हतियारको पहिचान भइसकेको छैन । यो केसको अनुसन्धान अल गरब पुलिसले गरिरहेको छ । हत्या कसले गरेको हो भन्ने पहिचान भइसकेको छैन र अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij