आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मदिरासँगै नसालु पदार्थ खुवाएर रातभर बलात्कार

  • प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७



  • नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो ।

    उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ ।

    ‘बलात्कारका कराण योनिमा चोट लाग्नुका साथै धेरै रक्तस्राव पनि भएको थियो । अहिले भने अवस्था सामान्य छ,’ एक चिकित्सकले भने ।

    घटना बिहीबार रातिको हो । नसालु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ ।

    आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij