प्रकाशित मिति : शनिबार, फाल्गुन ८, २०७७
बलिउड अभिनेत्री काजोलले अजय देवगणकी आमालाई ‘पार्टनर इन क्राइम’ भनेकी छन्। काजोलले आफ्नो सासूआमाको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै उनलाई २२ वर्षदेखिकी ‘पार्टनर इन क्राइम’ भनेकी हुन्। अर्थात्, हरेक समय, हरेक कुरामा साथ दिने व्यक्ति।
आज, शुक्रबार काजोलकी सासूआमा वीना देवगणको जन्मदिन हो। हिन्दुस्तान टाइम्सका अनुसार काजोलले जन्मदिनको शुभकामना व्यक्त गर्दै उनलाई सासूआमा मात्र नभई ‘आमा’ भनेकी छन्।
काजोल र अजय सन् १९९९ देखि वैवाहिक सम्बन्धमा बाँधिएका हुन्। श्रीमान अजयभन्दा काजोल हरेक विशेष दिनको ख्याल राख्छिन्। र, अजयको तुलनामा बढी आफ्नो कुरा अभिव्यक्ति गर्ने स्वभावकी पनि छिन्।
काजोलले गत सेप्टेम्बरमा आफ्नी आमा, अभिनेत्री तनुजाको जन्मदिनमा पनि उनीसँग खिचेको फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘म तपाईसँग हुँदा कुनै आर्मीसँग बसेजत्तिकै सुरक्षित महशुस गर्छु। महिलाको सम्पूर्ण अवतार देखाइदिनुहुने हजुरलाई जन्मदिनको शुभकामना! एक योद्धा, श्रीमती, आमा, दिदी, बहिनी, एक स्त्री, मानव र आत्मा! जन्मदिनको शुभकामना ममी। धेरै माया।’
काजोलको अभियन रहेको फिल्म ‘त्रिभंगा’ यही जनवरीमा नेटफ्लिक्सबाट सार्वजनिक भएको छ। फिल्मको समीक्षा गर्दै हिन्दुस्तान टाइम्सले लेखेको थियो, ‘काजोललाई बलिउडबाट निकाल्न सकिएला। तर उनीबाट बलिउड निकाल्न सम्भव छैन। उनी हरेक फिल्मको हरेक दृश्यमा आफ्नो १५० प्रतिशत लगाउँछिन्।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij