आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अन्माउने बेला बेहुली यति धेरै रोइन कि रुँदारुँदै हृदयाघात भएर मृत्यु

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २२, २०७७



  • काठमाडौं। विवाह कार्यक्रम सकिएपछि बेहुलीलाई अन्माएर विदा गर्ने बेला नवविवाहिता बेहुलीको मृत्यु भएको दुखत खबर सार्वजनिक भएको छ । ती बेहुली विदाइका बेला अत्याधिक रोएका कारण उनलाई रुँदारुँदै हृदयाघात भएर मृत्यु भएको विश्वास गरिएको छ । शुक्रबार बिहान भारतको ओडिशा राज्यको सुवर्णपुर जिल्लाको बिनिका ब्लक अन्तर्गतको जुलुन्दा गाउँमा ती नवविवाहिताको मृत्यु भएको ओडिशाको राजधानी भुवनेश्वरबाट संचालित टेलिभिजन च्यानल कालिंगा टिभीले जनाएको छ ।

    उनको मृत्युको निश्चित कारण प्रस्ट भइसकेको छैन तर स्थानीयले विदाइका क्रममा उनी अत्याधिक रोएका कारण उनलाई हृदयाघात भएर उनको मृत्यु भएको विश्वास गरेका छन् । घटनापछि गाउँमा शोकको वातावरण बनेको छ । रिपोर्टअनुसार बिहीबार राती स्वर्गीय मुरलधिर साकी छोरी रोजी साको बिसिकेसन प्रधानसँग विवाह भएको थियो ।

    शुक्रबार बिहान बेहुलीको विदाइको कार्यक्रम हुँदै थियो । यही बीचमा लगातार रोइरहेकी बेहुली अचानक बेहोस भएर ढलिन् । बेहुलीलाई तत्कालै नजिकैको अस्पताल लिएर गएकोमा उनको मृत्यु भइसकेको थियो । स्थानीय डुंगुरीपाली सामुदायिक स्वास्थ्य केन्द्रका डाक्टरहरुले रोजीलाई अस्पताल ल्याउँदा नै उनको मृत्यु भइसकेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij