आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुर्खेतमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई ३ वर्ष ६ महिना कैद

  • प्रकाशित मिति : आइतवार, चैत्र ८, २०७७



  • जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने एकजना महिलालाई साढे तीन वर्ष कैद सजाय सुनाएको छ ।न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

    ती महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

    झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको अदालतका श्रेस्तेदार यामप्रसाद बास्कोटाले जानकारी दिए । श्रेस्तेदार बास्कोटका अनुसार कैद सजाय तोकिएकी ती महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij