आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुर्घटनामा ‘मृत्यु’ भएका किशोरका अंग दान गर्नका लागि निकाल्न खोज्दा अचानक ‘बाँचे’

  • प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०७७



  • काठमाडौं। दुर्घटनामा परेर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका एक किशोरका अंग अन्य व्यक्तिलाई दान गर्नको लागि निकाल्न लागिएको थियो । तर, अंग निकाल्नुभन्दा ठिक अघि ती किशोर तमत्कारिक रुपले बाँचेका छन् । दुर्घटनाको ४ दिनपछि यी किशोरका परिवारलाई उनी ब्रेन डेड भएको भनिएको थियो । ब्रेन डेड अर्थात मस्तिस्क मृत भएका व्यक्ति बाँच्ने सम्भावना हुँदैन ।

    द सनका अनुसार १८ वर्षका लेविस रोबर्टसको बाँच्ने सम्भावना नभएको घोषणापछि उनका परिवारले उनका अंग दान गर्ने निर्णय गरेका थिए । उनका अंग निकाल्नको लागि अपरेशनको तयारी गरिएको थियो तर अचानक ती किशोरले आफ्नै क्षमतामा सास फेर्न थाले । जबकि डाक्टरले उनले आफैं सास फेर्न सक्ने सम्भावना शुन्य भएको बताएका थिए । बेलायतको स्टाफोर्डशायरका लेविसको रोयल स्टोक युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

    लेविस मार्च १३ का दिन दुर्घटनामा परेका थिए । एक हप्ताअघि अंगदानका लागि अपरेशन गर्नु ठिक अघि ‘दोस्रो’ जीवन पाएका उनको स्वास्थ्य सुधार हुँदै गइरहेको छ । उनको उपचारको लागि आर्थिक संकलन गर्न फण्डराइजिङ अभियान चलाइएको छ जहाँ यो समाचार तयार पार्दासम्म ३३४९ पाउण्ड (५ लाख ४३ हजार रुपैयाँ) जम्मा भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij