आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मर्मत गर्ने मान्छेले युवतीको आइफोनबाट फोटो चोर्दा एप्पले करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्‍यो

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ३०, २०७८



  • काठमाडौं। आइफोन बनाउने कम्पनी एप्पलले एक युवतीलाई करोडौं रुपैयाँ क्षतिपूर्ति तिरेको छ । खासमा आइफोन मर्मत गर्ने एक व्यक्तिले गरेको गल्तीका कारण एप्पल कम्पनीले यति ठूलो रकम क्षतिपूर्ति तिर्नुपरेको हो । ५ वर्षअघि यी युवतीको आइफोन बिग्रिएको थियो र उनले यसलाई मर्मत गर्नको लागि एप्पलको सर्भिस सेन्टरमा दिएकी थिइन् । त्यही सर्भिस सेन्टरमा काम गर्ने व्यक्तिले गरेको गल्ती एप्पललाई भारी परेको हो ।

    ब्रिटिस टेलीग्राफका अनुसार अमेरिकाको आरेगोनकी २१ वर्षकी ती छात्राले आफ्नो आइफोन मर्मत गर्नका लागि पेगाट्रोन टेक्नोलोजी सर्भिसमा दिएकी थिइन् । यो एप्पलको आधिकारिक सर्भिस सेन्टर हो । जेन डो नामकी ती महिलाको फोनमा केही नग्न तस्वीर पनि थिए जुन तस्वीर त्यहाँ काम गर्ने २ जना प्राविधिकले चोरेर पछि फेसबुकमा पोस्ट गरिदिए । त्यसपछि ती युवतीले एप्पल कम्पनीविरुद्ध ५ मिलियन डलर क्षतिपूर्तिसहित अदालतमा मुद्दा हालिदिएकी थिइन् । द भर्जले एक रिपोर्टमा एप्पलले ती युवतीलाई पैसा दिएको पुष्टि गरेको जनाएको छ । रकम यत्ति नै दिइयो भन्ने प्रस्ट छैन तर टेलिग्राफले रकम ‘मल्टिमिलियन डलर’ भनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij