आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

झापामा मृत भेटिएकी महिलाको हत्या आरोपमा चार जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, अशोज ६, २०७८



  • झापा, असोज ६ । झापामा मृत भेटिएकी एक भारतीय महिलाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

    भारतीय नागरिक भए पनि माइती घर नेपाल भएकी ति महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत विहारका ऐतवार सोरेन, झापाका लखन टुडु, सोमाई हेमरम र श्री हेमरमलाई आज जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।

    घटनामा संलग्न मृतकका देवर मण्डल हेमरम फरार रहेको प्रहरीले जनाएको छ । गत भदौ २५ दिउँसो डोली भनिने धोन्नी टुडुको शव माई खोलामा फेला परेको थियो । उनको भदौ २४ गते हत्या गरेर खोलामा फालिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij