सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघ्यो

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०७७



  • लन्डन – बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सोमबार साँझसम्म ५२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा  थप २१३ जना नयाँ कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

    यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ हजार १४७ पुगेको हो । तर कोरोना संक्रमणका कारण मृत्यु भएको गरिएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या ६१ हजार ६४८ पुगेको छ ।

    यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १३ लाख  ९० हजार ६८१ पुगेको छ । सोमबार सांझा सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ३६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा करिब २ लाख ८३  हजार ८६६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

    यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८४३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५  जनाकोरोना संक्रमितको  हस्पिटलमा उपचार भइरहेको छ ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij