सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पेन्सन भुक्तानीमा बैंकले पाउँदै आएको सेवा शुल्क २५ वर्षपछि खारेज

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ५, २०७७



  • काठमाडौं । सरकारी संचित कोषबाट निवृत्तिभरण पाइरहेका पूर्वकर्मचारीलाई सरकारी बैंक खातामा सोझै रकम पठाउन थालेसँगै २५ वर्षपछि बैंकहरुले पाउँदै आएको सेवा शूल्क कटौती भएको छ ।

    २०५२ सालबाट सेवानिवृत राष्ट्र सेवकलाई निवृत्तिभरण वापत रकम उपलब्ध गराएवापत सरकारले बैंकलाई १ प्रतिशत सेवा शुल्क दिँदै आएको थियो । तर, चालु आर्थिक वर्षदेखि सरकारले सेवानिवृत्त कर्मचारीलाई बैंक खातामा रकम भुक्तानी अनिवार्य गरेको छ ।

    सोहीकारण बैंकहरुले पाउने १ प्रतिशत सेवा शुल्क खारेज गरिएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल सरकारबाट शोधभर्ना प्राप्त गर्ने, शैक्षिक तथा सन्तति वृत्ति र अन्य भुक्तानीमा बैंकबाट नै अगि्रम भुक्तानी दिई शोधभर्ना गर्नुपर्ने रकममा भने एक प्रतिशत सेवा शूल्क कायम नै रहनेछ ।

    निवृत्तिभरण प्राप्त गरिरहेको व्यक्ति वा निजको हकवालाको मृत्यु भएमा निवृत्तिभरण वापत निजको बैंक खातामा जम्मा भएको रकम मृत्यु दर्ता भएसँगै सम्बन्धित पन्जिकाधिकारीको कार्यालयले बैंक र कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानकारी गराउनुपर्नेछ ।

    मृत्युपछि खातामा जम्मा भएको रकम संचित कोषमा फिर्ता हुनेछ । प्रवक्ता पौडेलकाअनुसार नेपालमा अहिले २ लाख ८४ हजार सेवा निवृत्त कर्मचारीले सरकारी संचित कोषबाट पेन्सन बुझ्छन् । सरकारले पेन्सनका लागि मात्र हरेक वर्ष ५५ अर्ब रुपैयाँ औसत खर्च गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij