सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

एक युवतिले विवाह गर्ने भन्दै ६ लाख भारु खर्च गराएर फरार

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ८, २०७७



  • भारतको लखनउकी एक युवतिले विवाहको आश्वासनमा एक युवकको ६ लाख भारु खर्च गराएर फरार छिन् । १६ डिसेम्बरमा विवाह गर्ने भन्दै युवतिले पटक–पटक गरेर ६ लाख रुपैयाँ ठगेकी हुन् ।

    कसरि भयो घटना ?

    भारतको चर्चित साइट जीवन सादीडटकम मार्फत मनोज अग्रवालसंग एक युवति सम्पर्कमा आइन् । सामाजिक सञ्जाल मार्फत सम्पर्कमा पुगे लगत्तै उनीहरुविच विवाहको कुरा भयो ।

    जब मनोजले जीवनसाथी डटकममा आफ्नो प्रोफाइल राखे लगत्तै प्रियंका सिंह नामक युवतिको रिक्वेष्ट आयो । उनीहरुविच कुराकानी बाक्लिन थाल्यो ।

    आफुलाई बिहारको बासिन्दा बताउने युवतिले बाबु आमाको निधन भइसकेको र काकीसंग बस्दै आएको र दिल्लीमा पढ्दै गरेको जानकारी दिइन् ।

    त्यहि विचमा मनोजका अभिभावक र प्रियंकाको काकीविच कुराकानी पनि भयो । यहि विचमा प्रियंकाले आफुले आइएएसको तयारी गर्दै गरेको जानकारी दिइन् ।

    यहि बहानामा युवतीले पैसा माग्न थालिन् । १० हजार, २० हजार, ५० हजार गर्दै मनोजले ६ लाख रुपैयाँ बुझाए । पछिल्लो छ महिनादेखी उनीहरु ह्वाट्एपमा च्याट गर्थे । केही पटक भेटघाट पनि भयो ।

    उनीहरु विच १६ डिसेम्बरमा विवाह गर्ने सहमति भयो । मनोज विवाहको तयारीमा लागे । तर, युवति फरार भइन् । यतिसम्म कि पछिल्लो पटक मनोजलाई भेटन युवति लखनउ आउदा जाने आउने टिकट मनोजले नै काटिदिएका थिए ।

    सपिङ मलमा २ लाख बराबरको सपिङ पनि गरेका थिए । मनोजको भनाई अनुसार अन्तिम भेटमा युवतिले हैदराबाद जान्छु भनेर विदा भएकी थिइन् ।

    अहिले प्रियंका मात्रै हैन उनको काकी भनिएकी महिलाको पनि मोबाइल फोन स्वीचअफ छ । मनोजले प्रियंकाको आधार कार्ड र प्यान कार्ड चेक गराउदा नक्कली भेटिएको छ । कागजपत्र फर्जी भेटिएपछि मनोज उजुरी लिएर प्रहरीकोमा पुगेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij