सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काजोलले अजय देवगणकी आमालाई भनिन्, ‘मेरा बदमासीको साथी’

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ८, २०७७



  • बलिउड अभिनेत्री काजोलले अजय देवगणकी आमालाई ‘पार्टनर इन क्राइम’ भनेकी छन्। काजोलले आफ्नो सासूआमाको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै उनलाई २२ वर्षदेखिकी ‘पार्टनर इन क्राइम’ भनेकी हुन्। अर्थात्, हरेक समय, हरेक कुरामा साथ दिने व्यक्ति।

    आज, शुक्रबार काजोलकी सासूआमा वीना देवगणको जन्मदिन हो। हिन्दुस्तान टाइम्सका अनुसार काजोलले जन्मदिनको शुभकामना व्यक्त गर्दै उनलाई सासूआमा मात्र नभई ‘आमा’ भनेकी छन्।

    काजोल र अजय सन् १९९९ देखि वैवाहिक सम्बन्धमा बाँधिएका हुन्। श्रीमान अजयभन्दा काजोल हरेक विशेष दिनको ख्याल राख्छिन्। र, अजयको तुलनामा बढी आफ्नो कुरा अभिव्यक्ति गर्ने स्वभावकी पनि छिन्।

    काजोलले गत सेप्टेम्बरमा आफ्नी आमा, अभिनेत्री तनुजाको जन्मदिनमा पनि उनीसँग खिचेको फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘म तपाईसँग हुँदा कुनै आर्मीसँग बसेजत्तिकै सुरक्षित महशुस गर्छु। महिलाको सम्पूर्ण अवतार देखाइदिनुहुने हजुरलाई जन्मदिनको शुभकामना! एक योद्धा, श्रीमती, आमा, दिदी, बहिनी, एक स्त्री, मानव र आत्मा! जन्मदिनको शुभकामना ममी। धेरै माया।’

    काजोलको अभियन रहेको फिल्म ‘त्रिभंगा’ यही जनवरीमा नेटफ्लिक्सबाट सार्वजनिक भएको छ। फिल्मको समीक्षा गर्दै हिन्दुस्तान टाइम्सले लेखेको थियो, ‘काजोललाई बलिउडबाट निकाल्न सकिएला। तर उनीबाट बलिउड निकाल्न सम्भव छैन। उनी हरेक फिल्मको हरेक दृश्यमा आफ्नो १५० प्रतिशत लगाउँछिन्।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij