मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

दीपकराज गिरी र सरोज न्यौपानेले ‘अनटाइटल’ फिल्ममा सहकार्य गर्ने

  • प्रकाशित मिति : बिहिबार, पुस १८, २०८१



  • काठमाडौं । अभिनेता दीपकराज गिरी र निर्माता सरोज न्यौपानेले आगामी एक अनटाइटल फिल्मका लागि सहकार्य गर्ने समझदारी गरेका छन् । बुधबार यी दुई फिल्मकर्मीबीच लिखित सम्झौता भएको छ ।

    न्यौपानेको अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा गिरीको शीर्ष भूमिका हुनेछ । ‘छक्कापञ्जा ५’ हलमा रिलिज भएको केही महिनामै दीपकले आफने ब्यानर आमा सरस्वती मूभिजबन्दा बाहिरको फिल्म गर्न लागेका हुन् ।

    न्यौपानेले चलचित्र विकास बोर्डबाट यसअघि ‘जेरी’ र ‘फनफनी घुमेर’ शीर्षकमा निर्माण इजाजत लिएका छन् । तर, गिरीसँग गर्ने भनिएको फिल्म यी दुबै शीर्षकमा नबन्ने न्यौपानेले बताए ।

    शीर्षक, निर्देशक र बाँकी कलाकार तय नभैसकेको यो फिल्मको छायांकन आगामी बैशाख वा जेठमा गर्ने तयारी छ । तिहारमा प्रदर्शनको लक्ष्य छ । ‘हामी प्रारम्भिक चरणमा छौं । स्क्रिप्टको काम भैरहेको छ’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘कथा मनपरेको छ । धेरै कुरा टुंगो लाग्न बाँकी छ ।’

    फिल्मको एक कलाकारमा निर्मल शर्मा समेत हुनेछन् । ‘निर्मलजी कलाकार र टीममा हुनुहुनेछ’ न्यौपानेले भने । अन्य कलाकारको लाइनअप लामै हुने उनले बताए ।

    दीपकसहित ‘छक्कापञ्जा’ श्रृंखलाका सदस्यहरू केही समय सिरिजबाहिरका फिल्ममा ब्यस्त हुने तयारी छ । सोही योजनाअनुसार दीपकले यो फिल्म साइन गरेका छन् भने केदार घिमिरे अनन्या फिल्म्सकै अहिलेको फिल्म ‘जेरी अनटप’ लगायतमा ब्यस्त छन् ।

    सम्भवतः आमा सरस्वती मूभिजले आगामी तिहारपछि एक फिल्ममा काम गर्ने बुझिएको छ । दीपक र सरोजको कुरा गर्दा, यी दुईजनाले सहकार्य गर्ने चर्चा केही वर्षदेखिकै हो । बल्ल अहिले आएर सहमतिले मूर्तरुप पाएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.