मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

ग्लोबल वार्मिङले पग्लायो लाङटाङ, पर्यटक घटे

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २८, २०८२



  • काठमाडौं । आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरु बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरुसँग खेल्दै सफा गर्न लाग्थे । तर अब यो अनुभव एकदेशको कथा जस्तो भएको बताउनु हुन्छ स्थानीय पासाङ तामाङ । आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने स्थानीयको अहिलेको अनुमानले समेत काम गर्न छोडिसक्यो । अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा हिउँ पर्ने कुनै ठेगान हुँदैन । २० वर्ष अघिसम्म हिमनदी (ग्लेसियर) बस्तीको नजिकैसम्म फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ बताउनुहुन्छ ।

    जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्वतापमानमा भएको वृद्धिका कारण हिमालहरु संकटमा परेको अध्यक्ष तामाङले सुनाउनुभयो । उहाँले तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होशियार भएर हिँड्नुपर्ने बाध्यता रहेको बताउनुभयो । २०७२ सालमा आएको बिनासकारी भूकम्प समेत जलवायु परिवर्तनकै कारण आएको हुनसक्ने पासाङको आशंका छ । उहाँले पर्यटन व्यवसायको उचित व्यवस्थापन हुन नसक्दा जलवायु परिवर्तनको असर बढिरेहको बताउनुभयो । हिमालका रेखाहरुसँगै पर्यटयन व्यवसाय पनि मेटिँदै जाने उहाँको चिन्ता छ ।

    हिमरेखा सरेको देखेका स्थानीयको अनुभवले जलवायु परिवर्तनको प्रभाव हिमालमा कति परेको छ भन्ने प्रष्ट हुन्छ । बढ्दो औद्योगिकरण र पृथ्वीको तापमान दु्रत र अप्राकृतिक रुपमा बढेको कारण हिमालको जीवन संकटमा पर्दै गएको छ । लाङटाङकै होटल व्यवसायी कान्छा तामाङले २० वर्षअघि एकमिटर उचाईसम्म हिउँले ढाक्ने गरेको अनुभव सुनाउनुभयो । पछिल्लो केही वर्षमा हिमरेखाहरु माथि जाँदै गरेको उहाँको भनाइ छ । यस क्षेत्रमा संचालित होटल व्यवसाय व्यवस्थित नभएको कारण पनि पर्यावरणमा प्रतिकुल असर परेको उहाको भनाइ छ । उहाँले सरकारले पर्यटकीय क्षेत्रमा सञ्चालित होटहरुको लागि उचित मापदण्ड बनाउन आवश्यक रहेको समेत बताउनुभयो । पर्यटकको संख्या बढेपनि सबैजसो स्थानीयहरु होटल व्यवसायमै लागेको कारण अपेक्षाकृत कमाई हुन छोडेको उहाँको अनुभव छ ।

    छेउछाउमा सेताम्मे हिमाल । वीचमा हिउँले सेतै ढाकिएको मानव बस्ती । घर जति छन् प्रायः सबै होटल हुन् । नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको क्यानजेन भ्याली पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइँभरी छरिएका फोहोर देखेर दिग्दार हुने गरेका छन् । यो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीय सरकार र स्वयं होटल व्यवसायीहरुले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा पर्यटकलाई निराश बनाउने गरेको छ । पयर्टकको संख्या बढेसँगै फोहोरको मात्रा पनि बढ्दा अगामी दिनमा पर्यटन व्यवसायमा नै असर पर्ने चिन्ता रहेको स्थानीय पासाङ लोप्छेङले बताउनुभयो । पहिले अलिकति भएको फोहोरलाई समेत माटोमा पुर्ने गरिएकोमा अहिले जलाउने भएको कारण यसले वायु प्रदुषण समेत बढाउँदै लगेको बताउनुभयो ।

    लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरू भौगोलिक, आर्थिक, र सामाजिक सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरू खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् । हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायल पनि हुँदै गएको छ । सरकारले हिमालको मुद्दामा विश्व समुदायलाई सचेत गराउन भन्दै समय समयमा सभा र सम्मेलन गर्ने भएपनि प्रभावितहरुलाई सहभागि नगराउँदा ति सभाहरु औचित्यहिन बन्दै गएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.