मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

  • प्रकाशित मिति : शुक्रबार, साउन २३, २०८२



  • म्याग्दी । धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको जलजला क्षेत्र ओझेलमा परेको छ ।

    पर्वतको जलजला, मोदी गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको जलजलालाई हिन्दू धर्मग्रन्थमा हम्पाल, कालञ्जर, मृगस्थलीका रूपमा व्याख्या गरिएको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले जलजला ओझेलमा परेको हो ।

    हिन्दू धर्मग्रन्थ अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतमा हम्पाल र कालञ्जरको प्रसङ्ग उल्लेख भएको कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाको अध्यता प्रा.डा.जगन्नाथ रेग्मीले बताए ।

    ‘पौराणिक वाङ्मयले मुक्तकण्ठले प्रशंसा गरेको कालञ्जरको मुख्य केन्द्र विकासका दृष्टिले अझै पनि पछाडि पर्नुमा प्रचारप्रसारको अभाव, दुर्गम भौगोलिक अवस्थिति, सडक यातायातको असहजता, मानव बस्तीदेखि टाढा रहनु, प्राकृतिक, भौगोलिक एवं पौराणिक पहिचानका अभिलेख र स्रोतबाहेक कुनै लिखित दस्ताबेज नपाइनुलगायत कारण देखिएका छन्’, उनले भने, ‘यहाँका कतिपय प्राचीन मन्दिर, सत्तल गुफा र ओढारहरू संरक्षणको अभावमा नामशेष हुन लागेका छन् ।’

    प्रा डा रेग्मीका अनुसार धार्मिकग्रन्थमा जलजला क्षेत्रलाई ऋषि मुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडीबुटी औषधिका रूपमा प्रयोग गरेको उल्लेख छ । यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धी प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरूले सद्गति प्राप्त गर्ने धार्मिकग्रन्थहरूमा बताइएको छ ।

    जलजलामा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका मोदी गाउँपालिका–४ लेसपारका टीका पुनले जलजलाको सौन्दर्य र धार्मिक महत्त्व स्थानीयस्तरमै सीमित हुँदा पर्यटक तथा भक्तजनको आगमन हुन नसकेको बताए ।

    ‘शरद र वसन्तयाममा फाट्टफुट्ट पदयात्री तथा महायज्ञ सञ्चालन भएको समयमा भक्तजनहरू आउनुहुन्छ’, उनले भने, ‘अन्य समयमा जलजला सुनसान हुन्छ ।’ समुद्री सतहबाट तीन हजार ३०० मिटर उचाइमा पहाडका टाकुरामा अवस्थित जलजलाको खोचमा सिम छ । खोचको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल देखिन्छ ।

    दुई दशकअघिसम्म जलजला र मोदी गाउँपालिकाका बासिन्दाले यहाँ बर्खामा गाईभैँसीको गोठ लैजाने गर्दथे । पछिल्लो समय गोठ लैजाने चलन हराएको छ । जलजलाबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने वाइफाई डाँडाबाट अन्नपूर्ण र ३० मिनेटको पदयात्रामा पुगिने माटेको लेकबाट धवलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल अवलोकन गर्न सकिन्छ ।

    हिमशृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामीण बस्ती तथा पहाडहरूको मनमोहक दृश्यावलोकन गर्दा यात्राको थकान मेटिने कुश्माबाट जलजला घुम्न आएका गोविन्द शर्माले बताए । बोझो, सतुवा, चिराइतो, अमिली, ब्राह्मी (भोलटाप्रे), पाषणभेद, जेठीमधु, पदमचाल्नु, निरमसी, जटामसी, टिम्मुर, सिल्टिम्मुरलगायत जडीबुटी पाइने जलजला जैविक विविधतायुक्त स्थल हो । यहाँको पाखामा मृगको बथान भेटिन्छन् । डाँफे, मुनाल, कालिज, च्याखुरा, गिद्ध, लुइचे, हुकेचरा, दुम्सी, लाटोकोसेरो आदि पन्छी अवलोकन गर्न पाइन्छ ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी र पर्वतको मोदी गाउँपालिकातर्फबाट जलजलालाई पदमार्गले जोडिएको छ । पर्वतको जलजला गाउँपालिकाको लेकफाँट, शालिजातर्फबाट जलजलासम्म कच्ची सडक पुगेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।

    ‘विद्युत् सुविधा पुर्‍याइएको जलजलाको धार्मिक महत्वको उजागर गराउन महायज्ञ सञ्चालन भएको छ”, उनले भने, “सङ्घीय सरकारले जलजलाको पर्यटन पूर्वाधारका लागि तीन करोड बजेटको योजना कार्यान्वयनको तयारी गरेको छ ।’ बेनीबाट लेकफाँटसम्मको सडक हालै कालोपत्र भएको छ । लेकफाँटबाट शालिजा हुँदै जलजला जोड्ने सडक स्तरोन्नतिका लागि सङ्घीय र प्रदेश सरकारसँग माग गरेको गाउँपालिकाका उपाध्यक्ष आचार्यले बताए ।

    प्रदेश सरकारले माटेको लेकबाट जलजला जोड्ने पदमार्ग र वाइफाइ डाँडामा आश्रयस्थल बनाएको छ । जलजला गाउँपालिकाले हम्पालमा ऋषि र भक्तजनहरूको सुविधाका लागि आश्रयस्थल बनाएको छ ।

    जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मुस्ताङ र मुक्तिनाथ आवतजावत गर्ने तीर्थयात्रीलाई जलजलामा भित्र्याउने लक्ष्यसहित धाइरिङको भूमेथानमा पूर्वाधार निर्माण थालिएको, गौशाला सञ्चालन गरिएको र त्यहाँदेखि जलजला, फलामेडाँडा, मल्लाज, राममन्दिरलाई समेटेर धार्मिक करिडोरको अवधारणा अघि सारिएको बताए ।

    सडकका कारण छोटिएको अन्नपूर्ण पदमार्गको भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन घोडेपानी–मोहरेडाँडा–जलजला–माटे– मोदी र बनौ–कुश्मा जोड्ने पदमार्गमा पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा जोड दिएको अध्यक्ष आचार्यले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.