मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

प्रादेशिक अस्पताल सिरहामा बालकको मृत्युपछि तनाव, अस्पताल अगाडि प्रदर्शन

  • प्रकाशित मिति : सोमवार, असार १६, २०८२



  • सिरहा । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक १२ वर्षीय नाबालकको मृत्यु भएपछि परिवारजन आन्दोलित भएका छन्।

    सिरहा नगरपालिका–६, बसबिट्टाका झल्कु महराका छोरा राजन महराको सोमबार बिहान उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । असहज महसुस भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

    वडा नं. ६ का अध्यक्ष इन्द्रजित यादवका अनुसार, प्रादेशिक अस्पतालमा पटक–पटक उपचार गराउन आउने बिरामीहरूप्रति हेलचक्राइ हुने गरेको छ । ‘हामीले धेरैपटक सेवा सुधारको माग गर्यौं, तर बेवास्ता भयो,’अध्यक्ष यादवले भने, ‘अस्पताल प्रशासनको लापरबाहीकै कारण नाबालकको ज्यान गएको हो ।’

    राजनको निधनपछि आक्रोशित परिवारजन र स्थानीयबासीले अस्पताल गेट अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । यता, प्रादेशिक अस्पताल सिरहाका सूचना अधिकारी रामनारायण चौधरीले राजनलाई गम्भीर किसिमको रक्तअल्पता (सिभियर एनिमिया) भएको बताए ।

    उनका अनुसार, बालकको हेमोग्लोबिन मात्रा २.५ ग्रामरडिएल मात्र थियो, जुन अत्यन्तै खतरनाक अवस्थामा पर्छ । ‘बी–पोजेटिभ रगतको आवश्यकता थियो, रगत उपलब्ध भए पनि ब्लड ट्रान्सफरको तयारी भइरहेकै बेला उनको निधन भएको चौधरीले बताए ।

    अस्पतालका आकस्मिक सेवा इन्चार्ज डा. नितेश कर्णले पनि बिरामीलाई आवश्यक परीक्षण र उपचार तत्काल सुरू गरिएको तर अवस्था अत्यन्तै नाजुक भएकाले बचाउन नसकिएको उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.