मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

महालक्ष्मी बैंकको तीन करोड हिनामिना गर्ने पूर्वप्रबन्धकसहित चार कर्मचारी पक्राउ

  • प्रकाशित मिति : सोमवार, साउन २६, २०८२



  • काठमाडौं । महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखाबाट करिब तीन करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा बैंकका एक पूर्वशाखा प्रबन्धकसहित चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् । बैंकको नगद भल्टबाटै रकम निकालेर अनियमितता गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरी बैंकिङ कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा बैंकको दार्चुला, शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखाका तत्कालीन शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही रहेका छन् । डोटी घर भई कैलालीको भजनीमा बस्दै आएका शाहीसँगै नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउँद, ग्राहक सेवा कक्षकी २८ वर्षीया अम्बादत्त पन्त र कर्जा विभागका ३१ वर्षीय धनन्जय पन्तलाई पनि नियन्त्रणमा लिइएको छ ।

    बैंकको गोकुलेश्वर शाखाबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ २९ पैसा नोक्सानी भएको देखिएपछि बैंक प्रशासनले प्रहरीमा जाहेरी दिएको थियो । प्रारम्भिक अनुसन्धानबाट कर्मचारीहरूको आपसी मिलेमतोमा बैंकको भल्टमा रहेको नगद गैरकानुनी रूपमा भुक्तानी लिएर बैंकलाई हानि पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ ।

    आन्तरिक लेखा परीक्षणका क्रममा रकम हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकले अनुसन्धान गरी प्रहरीमा उजुरी गरेको थियो । सोही जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत, दार्चुलाबाट सात दिनको म्याद थप गरी बैंकिङ कसुर मुद्दामा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij