मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

पतिलाई रुखमा बाँधेर दुईमहिने सुत्केरीमाथि बला*त्कार

  • प्रकाशित मिति : सोमवार, भदौ ३०, २०८२



  • काठमाडौं । पश्चिम मकवानपुरको राक्सिराङ-१, इन्द्रुङमा एउटा पिछडिएको चेपाङ दम्पतीमाथि भएको अमानवीय अत्याचारको भएको छ । जंगल नजिकैको एकान्त छाप्रोमा बस्दै आएका ती दम्पतीमाथि भएको जघन्य अपराधको खबर ढिलोगरी बाहिर आएको हो ।

    गत भदौ २६ गते राति भएको यस घटनामा पति (नाम परिवर्तन) लाई रुखमा बाँधेर दुई महिनाअघि मात्रै सुत्केरी भएकी उनकी पत्नीमाथि बलात्कार भएको छ । राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहका अनुसार, खबर प्राप्त भएपछि तत्कालै उजुरी दर्ता गरिए पनि जेन्जी आन्दोलनका कारण गाउँमा पुग्न ढिलाइ भएको थियो । प्रहरीले आइतबार मात्रै वडा नम्बर १ मा पुगेर आरोपीलाई नियन्त्रणमा लिएको छ ।

    पीडित दम्पती राम्रोसँग बोल्न पनि सक्दैनन् र उनीहरूको आफ्नै घर पनि छैन । काम नपाएपछि भोकै रहेको खबर पाएपछि भदौ ३ गते राक्सिराङ गाउँपालिकाले चामल, दाल, तेल, नून, त्रिपाल र कम्बल लगायतका राहत सामग्री प्रदान गरेको थियो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले यस्तो दयनीय अवस्थामा रहेको परिवारमाथि यस्तो जघन्य अपराध हुनु अमानवीय भएको बताए ।

    प्रहरीले बलात्कारको आरोपमा स्थानीय ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरेको छ । राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज सिंहका अनुसार, पीडित चेपाङ परिवारले थिङबाटै यो कुकर्म भएको बताएपछि वडा कार्यालयको समन्वयमा उनलाई पक्राउ गरी मनहरी इलाका प्रहरी कार्यालय पठाइएको छ । घटनामा अन्यको पनि संलग्नता हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गाउँपालिका अध्यक्ष मल्लका अनुसार आन्दोलनका कारण प्रहरी तत्काल गाउँ जान नसकेको मौका छोपी यो घटना भएको हो ।

    दम्पतीको अवस्थाप्रति बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको पनि ध्यान पुगेको थियो । खोरियाको डिलमा सानो छाप्रोमा जीवन बिताइरहेका मकवानपुर १ को परिवारका लागि मुख्यमन्त्री बानियाँले दशैँअघि नै व्यक्तिगत खर्चमा दुई कोठा, एउटा भान्सासहित शौचालय र बाथरुम भएको घर बनाइदिने प्रतिबद्धता जनाएका थिए । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij